- लगातारको बर्षापछि देशका विभिन्न सडक अवरुद्ध रहेका छन् ।
काठमाडौँ, २१ श्रावण । लगातारको बर्षापछि देशका विभिन्न सडक अवरुद्ध रहेका छन् । संखुवासभास्थित कोशी राजमार्ग, विपी राजमार्ग, रसुवाको मितेरी पुल, पासाङल्हामु सडक खण्ड, कान्ति लोकपथ लगायतका सडक लामो समयका लागि अवरुद्ध रहेका छन् ।
१. संखुवासभा: भोटखोला गा.पा.४ बरुणखोला स्थित कोशी राजमार्ग अबरुद्ध । गत जेठ ६ गतेदेखि संखुवासभाको भोटखोला गाउँपालिका-४ स्थित बरुणखोलामा बाढी आई ह्युम पाइप बगाएको हुँदा खाँदबारीदेखि थुमसुर जाने कोशी राजमार्ग पूर्ण रुपमा अवरोध भएको र बर्षातको अबधिभर सुचारु हुन नसक्ने ।
२- विपि राजमार्ग रातिको समयमा मनसुन अवधिभर बन्द रहने । मनसुन सक्रिय भएकोले बर्षातका कारण विपद्को घटना हुन नदिनको लागि साउन १ गतेदेखि मनसून अवधिभर (प्रत्येक दिन बेलुका ५ बजेदेखि विहान ५ बजे सम्म) १२ घण्टा रातिको समयमा विपि राजमार्गमा सम्पुर्ण सवारी साधन आवागमनमा रोक लगाईएको छ ।
३- रसुवामा बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी पुल क्षति भएको । असार २४ गते रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ स्थित रसुवागढीमा बाढी आई नेपाल र चीन नाका जोड्ने पुल बढीले बगाउदा सवारी साधन आवत-जावत बन्द भएको छ ।
४- ललितपुर र मकवानपुर जोड्ने कान्ति लोकपथको बाटोमा मिति २असार १० गतेदेखि अर्को सुचना नआएसम्मको लागि बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्मको लागि सम्पुर्ण सवारी साधन आवत-जावतमा रोक लगाईएको छ ।
५- रुकुम पश्चिमको आठबिसकोट नगरपालिका- ६ स्थितमा जाजरकोट-डोल्पा सडक खण्ड (भेरी करिडोर) अबरुद्ध रहेको छ ।असार ९ गतेदेखि रिजिगार खोलामा पानीको वहाब बढेकोले जाजरकोट-डोल्पा (भेरी करिडोर) सडक खण्ड पूर्ण रुपमा अवरोध भएको,मनसुन अवधिभर सञ्चालन नहुने भएको छ ।
६- सिन्धुपाल्चोक भोटेकोशी-२ कोदारीस्थित अरनिको राजमार्ग अबरोध रहेको छ । साउन १८ गते सिन्धुपाल्चोकको भोटेकोशी-२ कोदारीस्थित अरनिको राजमार्गमा पर्ने ईकु पहिरोमा अबिरल बर्षाका कारण सडक माथिबाट पहिरो झरी बाटो पूर्ण रुपमा अवरुद्ध रहेको छ ।
७- रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-६ स्थितमा जाजरकोट-डोल्पा सडक खण्ड (भेरी करिडोर) सडक खण्ड पूर्ण रुपमा अवरोध भएको र मनसुन अवधिभर सञ्चालन नहुने भएको छ ।
८- गुल्मीको रुरु गाउँपालिका-३ सल्लेरीस्थित तम्घास रिडि सडक पहिरोले पूर्ण रुपमा अवरुद्ध भएको छ ।
९- जाजरकोटको नलगाड नगरपालिका-११ स्थित जाजरकोट डोल्पा सडक माथिबाट पहिरो आई बाटो मंगलबार रातिदेखि पुर्णरुपमा अवरुद्ध रहेको छ ।
१०. रसुवाको बजे गोसाईकुण्ड गाउँपालिका -५ ठुलोभार्खु र सानो भार्खु स्थित पासाङ ल्हामु सडक पहिरोका कारण मंगलबार दिउसोदेखि खण्ड पुर्ण रुपमा अवरुद्ध रहेको छ ।
११- हुम्लाको सिमकोट हिल्सा सडक खण्ड कर्णाली करिडोर मंगलबार साँझ नाम्खा गाउँपालिका-४ को बालुखोला भन्ने स्थानमा सुख्खा पहिरो आई पूर्ण रुपमा अवरुद्ध रहेको छ ।
१२- रोल्पाको थबाङ गाउँपालिका-२ साईली माईली मोड स्थित घोराही रुकुम शहिद राजमार्गमा मंगलबार आएको पहिरोले सडक पुर्ण रुपमा अवरुद्ध रहेको छ ।
१३- जाजरकोटको छेडागाड नगरपालिका-३ दंखेरी भिर गिट्टिखोला स्थित मध्य पहाडि राजमार्गमा मंगलबार दिउसो माथिबाट पहिरो आई बाटो पुर्णरुपमा अवरुद्ध भएको छ ।
१४- दैलेखको डुङ्गेश्वर गाउँपालिका-६ सिस्तेटार स्थित देलैख सुर्खेत सडक खण्डमा गएराती अविरल बर्षाको कारणले सडकमाथिबाट पहिरो आई सडक पुर्णरुपमा अवरुद्ध रहेको छ ।
१५- जाजरकोटको भेरी नगरपालिका-४ मूलपानी स्थित डोल्पा-जाजरकोट सडक खण्डमा गएराती खहरे खोलाले कटान गरि पुर्णरुपमा अवरुद्ध रहेको छ ।
१६- झापाको शिवसताक्षी नगरपालिका-१० स्थितमा रहेको सुकुना खोलामा बुधबार बिहान पुर्व पश्चिम एसियन हाईवे मर्मतको लागी होमपाईप लगाई बनाईएको ड्राईभर्सन उक्त खोलामा आएको, पानीले होमपाईपको साईडको माटो कटान गरी पानी पसी बाटोमा सवारी आवत जावत गर्न नसकी हाईवे पुर्ण रुपमा अवरुद्ध भएको छ ।
१७- कालिकोटको खाँडाचक्र नगरपालिका-५ बिहानि खोला नजिक बुधबार बिहान जुम्ला सुर्खेत सडकखण्डमा सडकभन्दा माथिबाट पहिरो आई राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।
१८- बैतडीको सिगास गाउँपालिका-९ रमिलापुरस्थित जयपृथ्बी राजमार्ग अन्तर्गत खोड्पे बझाङ सडक खण्डमा बुधबार बिहान बर्षादका कारण सडक माथिबाट पहिरो आइ बाटो अबरोध भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।